काठमाडौं । स्थानीय तहको निर्वाचको विषयलाई लिएरसत्तागठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । दिउँसो बसेको बैठकको केही समय पछि आजै दोश्रो बैठक बसेको हो ।
दोश्रो बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्न सक्ने बालुवाटार स्रोतले जनाएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भित्र चुनाव सार्न नहुने आवाज बलियो भएपछि सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव गराउनु पर्ने चूनौती छ ।
यता सरकारमा सहभागी दुई दल माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बैशाखमै निर्वाचनमा जान इच्छुक भएको देखिदैन । तथापी निर्वाचन गनुपर्छ भन्नेमा आजकै पहिलो बैठकमा नेताहरु सहमत भएका थिए ।
संविधान्विद्हरु, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रपति कार्यालयले समेत लगातार ताकेता गरेपछि चुनावको विषयलाई गहिरो रुपमा लिएर गठबन्धन आजै दोश्रो पटक बैठक बसिरहेको छ ।