मोरिससविरुद्धकाे खेलमा विमलले गरे गाेल 

काठमाडौं । मोरिससविरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।
मैत्रीपूर्ण खेल अन्तर्गत जारी पहिलो खेलको दोस्रो हाफमा नेपालले अग्रता लिएको हो । 
 
नेपालका तर्फबाट बिमल घर्ती मगरले गोल गरेका हुन । विमलले खेल शुरु भएको ५५ मिनेटमा गोल गरेपछि नेपालले अग्रता लिएको हो । यो  विमलको नाैऔँ अन्तराष्ट्रिय गोल बनेको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.