काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्ने निर्णय गरेको छ ।
जेठ महिनाभित्र चुनाव गर्न सरकारलाई सुझाव दिने गठबन्धनले निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने गरि बैठकमा निर्णय भएको बताए ।