काठमाडौं । मानवअधिकार एलाइन्सले नागरिकका राजनीतिक अधिकार कटौती गर्ने गरी ऐन संशोधन नगर्न आग्रह गर्दै तत्काल चुनाव घोषणा गर्न माग गरेको छ ।
एलाइन्सले आइतबार एक विज्ञप्ति जारी गर्दै चैत्र ७ गतेभित्र निर्वाचन गर्न माग गरेको हो ।
ऐन संशोधन गर्नु लोकतान्त्रिक मर्यादाविपरित हुने सो विज्ञप्तिमा उल्लेख छ ।
‘स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम २०७८ साल चैत्र ७ गते भित्र निर्वाचन सम्पन्न हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका राजनीतिक अधिकारहरु कटौती गर्ने गरी ऐन संशोधन गर्नु भनेको लोकतान्त्रिक मर्यादा विपरीतको कार्य हुनजान्छ भन्ने मानवअधिकार एलाइन्सको धारणा रहेको छ।’