वाग्मती किनारका   निर्माण गरिएका अनाधिकृत संरचना हटाउन समितिले जारी  गर्यो   सात दिनको अल्टिमेटम

काठमाडौं । गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी  वा  स्थायी  रुपमा बनेका संरचना सात दिनभित्र हटाउन वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गर्दे निर्देशन दिएको छ । 

 आयोजना  समितीका उपप्रमुख अमित रञ्जितले जारी गरेको सुचनाका अनुसार  सुचना प्रकाशन गरेको मितीले ३ दिन भित्र अस्थायी  संरचना हटाइसक्नुपर्नेछ भने सात दिन भित्रमा स्थयाी संरचना हटाईसक्नु पर्नेछ ।

 समितीले यस अघि पनि सुचना प्रकाशन गरेको थियो तर त्यसको अवज्ञा गरेपछि पुःन सुचना प्रकाशन गर्नुपरेको समिले जनाएको छ । 
 
  यस पटक गरेको सुचनाको पनि फेरि अवज्ञा गरेमा समिती आँफैँले संरचना भत्काउने र लागेको खर्च संरचना निर्माण कर्ता व्यक्ति संस्था र बाँकी नपुगेको खण्डमा सरकारबाट उठाइने बताइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.