काठमाडौं, आगामी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी(ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नदक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्स नेपाल आउने भएका छन् ।
। ९ असोजबाट सुरु हुने ईपीएल चौंथो संस्करणमा दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । लेभी र विलियम्सलाई अनुबन्धन गरि
एको पोखरा राइनोजले जनाएको छ ।चौंथो संस्करणको इपीएल क्रिकेट ९(२३ असोजसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।