काठमाडौं । दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक भएको छ ।
सर्वोच्चले केही दिनअघि तत्काल नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार लोकसेवा आयोगले दुई वर्षदेखि रोकिएको सो तहको नतिजा सार्वजनिक गरेको हो ।
लोकसेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा अन्तरगत खुलातर्फ दुई सय ८१ सिफारिस भएका छन् ।