आलटाल नगरी एमसिसी पास गरौँ : भट्टराई

जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आलटाल नगरी एमसीसी पास गर्नुपर्ने बताएका छन् । 

एक ट्विट गर्दै भट्टराईले यस्तो  बताएका हुन् । साथै उनले एमसिसीका कारण गठबन्धन टुट्नु नहुने पनि बताएका छन् । 

सत्ता गठबन्धनभित्र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास गर्न सक्रियता बढाइरहेको अवस्था र अन्य साझेदार दलले यसबारे स्पष्ट धारणा सार्वजनिक नगरिरहेका बेला आएको भट्टराईको यो भनाइलाई निकै महत्वका साथ हेरिएको छ । 

गठबन्धनमा आबद्ध नेकपा माओवादी र एकीकृत समाजवादीलगायत  दल एमसिसी जस्ताको तस्तै पास  गर्नु हुँदैन भन्ने पक्षमा छन् भने नेपाली कांग्रेस एमसिसी जस्ताको तस्तै पास गर्नुपर्ने पक्षमा छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.