काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले विगतमा सत्तामा रहँदा एमसिसी सम्झौता गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रमै एमसिसीबारे मत विभाजन भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत् रिजालले यस्तो बताएका हुन् ।
‘विगतमा आफैं सरकारमा हुँदा कांग्रेस र माओवादीले अमेरिकासँग एमसीसी ल्याउने सम्झौता गरेका थिए । विडम्बना ! अहिले यस मुद्दामा जनमत विभाजित गर्न उनीहरू नै लागेका छन्,’ सामाजिक सञ्जालमा रिजालले भनेका छन् ।
MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!
— Baburam Bhattarai (@brb1954) January 30, 2022