ग्यास विस्फोटमा ज्यान गुमाएको परिवार र घाइतेलाई ११ लाख सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले ग्यास विस्फोटमा ज्यान गुमाएकाको परिवार र घाइतेलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ । 

गत कात्तिकमा ललितपुरको नबहाल टोलमा भएको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा लक्ष्मी ताम्राकारसहित चार जनाको मृत्यु भएको थियो । 

महानगरले मृतकका परिवार र घाइतेलाई विपद व्यवस्थापन समितिमार्फतको एक लाखसहित ११ लाख रुपैयाँ अनार ताम्राकारलाई हस्तान्तरण गरिएको हो । 

नगरपालिका भवनमा सोमबार रकम हस्तान्तरण गरिएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.