सीईओ रेग्मीबाट अनियमितता भएको छानबिन समितिको ठहर

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले अनियमितता गरेको ठहर भएको छानबिन समितिले दावी गरेको छ ।

समितिले रेग्मीले अनियमितता गरेको भन्दै आफ्नो प्रतिवेदन पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेसमक्ष बुझाएको हो ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वमा गठित समितिले रेग्मीले अनियमितता गरेको ठहर गरेको हो । कोर्ड बैठकमा बुझाउनु पर्ने प्रतिवेदन सिईओ रेग्मीले बैठक नबोलाइएपछि सचिव न्यौपानेलाई बुझाएको हो ।

सीईओ रेग्मीमाथि भन्सार कर्मचारीमाथि दुर्व्यवहार गरेको र आर्थिक अनियमितताको आरोप लागेपछि उनलाई सिईओबाट हटाइएको थियो ।

सो विषयमा छानबिन गर्न समिति गठन भएको थियो । समितिमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल र बोर्डका सदस्य ङावा ङिमा शेर्पा पनि सदस्य छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.