नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गनुपर्ने, सिटामोलको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शनमा उत्रिएको सो विद्यार्थी संगठनले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो । 

प्रदर्शनका  क्रममा अनेरास्ववियूले  ‘राज्यको ढुकुटीमाथि झोलै झोल, खोइ त देशमा सिटामोल’,‘खोपको व्यवस्था गर्न किन जान्दैन, विद्यार्थीको परीक्षागर्न किन मान्दैन’, ‘स्थानीय तहको निर्वाचने मिति घोषणा गर, संविधानको रक्षा गर, लोकतन्त्रको रक्षा गर’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकिएका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.