काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कालो झण्डा देखाएका छन् ।
मंगलबार बिहान मन्त्री कार्की सिंहदरबारतर्फ जाने क्रममा पुल्चोकमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
उनीहरुले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग राख्दै नाराबाजी सहित कालो झण्डा देखाएका थिए ।