काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी जेठ मा गर्ने प्रस्ताव सरकारसामु गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारी ३ बजे हुनगइरहेको छलफलमा आयोगले उक्त प्रस्ताव पेस गर्ने भएको हो ।
आज दिउँसो हुने छलफलमा आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमती जनाएको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको सो मिति पेस गर्ने छ । सो प्रस्ताव आयोगले गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि मात्र चुनावको मिति औपचारिकरुपमा निश्चित हुनेछ ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने निर्वाचन आयोगले बारम्बार भन्दै आएको छ । प्रधानमन्त्री देउवाले पनि यसअघि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए । नेपाली काँग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग हिजोँ साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका थिए ।