विश्व बैंकसँग नेपालले  १७ अर्ब सहुलितपूर्ण ऋण लिने

 काठमाडौं । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री  कार्कीले सो जानकारी दिएका हुन  ।

 सो बैठकले  हिमाल आरोहण दल (नेपाली सेना) का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने, शिक्षक अस्पताल स्थापनाका लागि प्रक्रिया सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने र भोली  माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा सार्वजनिक विदा दिने पनि   निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।


त्यस्तै मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग साहलाई अधिकतम चार वर्षका लागि नियुक्ति  गर्ने , नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्रा डा शिलु मानन्धर, सरकारको सचिव पदमा सहसचिव रामेश्वर दङ्गाल,बढुवा  गर्ने भएको छ ।

यसैगरी  लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिशमा विभिन्न कर्मचारीलाई राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहको पदमा बढुवा गर्ने, कच्चा दूधको  मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय भएको छ ।  उक्त निर्णयका साथै बैठकले विभिन्न मालपोत र नापी कार्यालयका  निमित्त कार्यक्षेत्र निर्धारण  गर्ने समेत निर्णय गरेको छ    । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.