काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन सचिवहरुलाई बारम्बार दबाब दिनु उचित नभएको बताएका छन ।
आज अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को पूँजीगत खर्चको समीक्षा गर्न बसेको बैठकमा अर्थमन्त्री शर्माले बारम्बार सचिवहरुलाई सुझाव दिई राख्नु नपर्ने
र निरन्तर निर्देशन दिइरहँदा नराम्रो सन्देश जाने उनले बताएका हुन ।
‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक विषय होइन । देखिएको समस्याको समाधान गर्नु ठिकै. रहेको बताएका छन ।
सबै मन्त्रालय र जिम्मेवार व्यक्तिले आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन । मन्त्री शर्माले जनतामा सरकारले पुँजीगत खर्च गर्न सक्ने र नसक्ने विषयको सुचि बनाउन पनि निर्देशन दिए ।
पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरूलाई अगाडि बढाउनुपर्ने विययमा पनि शर्माले जोड दिएका छन ।