काठमाडौं । नेकपा (एकीकृत समाजावदी) का महासचिव बेदुराम भुसालले एमसीसीको बारे अझै गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।
बुधबार पार्टी कार्यालयमा संवाददाताहरूसँग कुरा गर्दै भुसालले सम्झौताका सहायक दस्तावेजहरु रहेको खुल्दै गएकाले पनि यसमा अध्ययन आवश्यक रहेको तर्क गरे ।
भुसालले स्थानीय चुनाव गराउने विषयमा आफूहरूको कुनै मतभेद नरहेको समेत बताएका छन् ।