सबै जिल्ला कार्यालयमा एकजना आइटी विज्ञ अनिवार्य 

काठमाडौं । नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।  आज बसेको केन्द्रिय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

 पचार विभाग  प्रमुख तथा  पृथ्वी सुब्बा गुरुङका अनुसार पार्टीको सदस्यता    नविकरण  वा अधावधिक गर्नका लागि आइटी विज्ञको आवश्यक पर्ने भएकाले सबै जिल्लामा आइटी  विज्ञ नियुक्त गर्न निर्देशन दिएको छ ।  एमालेले आउने फाल्गुणभित्र पाटी सदस्यता वितरण गर्ने लगायत नविकरण गर्ने कार्ययोजना बनाएको छ । 

यो पटक नेकपा एमालले नेकपा एसमा गएका सदस्यहरुलाई पार्टी सदस्यको अभिलेखबाट हटाउने समेत निर्णय गरेको छ । 

पार्टी सदस्यता शुल्कको २५ प्रतिशत जिल्लामा राखेर ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र १० प्रतिशत पालिका कमिटीमा राख्न समेत  निर्देशन दिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.