प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्र गर्ने एमालेको निर्णय
क्विक नेपाल
२०७८ माघ १९,बुधवार ०६ : २२ PM
6.2k
Shares
काठमाडौं । नेकपा (एमाले)ले प्रदेशअधिवेशन स्थानीय तहको चुनावपछि मात्र गर्ने भएको छ ।
आज बसेको एमालेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।
यस अघि माघ ८ मा प्रदेश अधिवेशनको म्याद तोकेपनि सम्पन्न गर्न नसकेको हो । कोरोनाका कारणले प्रभाव पारेपछि माघ २८/२९ गतेका लागि सो अधिवेशनको म्याद तोकेको थियो ।