काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हिजो (मंगलवार) देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा नियुक्त गरेका हुन् ।
गजुरेलले त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन । राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा दक्षता साथै अनुसन्धानात्मक कार्यमा पनि सक्रिय छन उनी । । उनका केहि अनुसन्धानात्मक कृति समेत प्रकाशित भएका छन ।
यसअघि गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर समेत काम गरेका थिए ।