विश्व स्वास्थ्य संगठनले दियो नेपाललाई बधाई

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप १८ बर्ष उमेर समुहका ८० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई दिएको छ ।

‘बधाई छ नेपाल । महत्वपूर्ण कोसेढुङ्गोमा पुग्नु भएकोमा १८ बर्ष उमेर समूकाले अब पूर्ण (कोभिड-१९) खोप पाठ्यक्रम प्राप्त गरेको छ’, डब्लुएचओले भनेको छ ।

नेपालमा एक वर्षभित्र १८ वर्षमाथिका ७० प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार २०७७ माघ १४ गतेदेखि सुरु भएको खोप अभियान एक वर्ष बित्दा १८ वर्षमाथिका ७० प्रतिशतले लगाएका हुन् । १८ वर्षमाथिका ८३ प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाइसकेका छन् ।

मन्त्रालयका अनुसार कुल जनसंख्याको ५४.४ प्रतिशतले एकमात्रा खोप लगाएका छन् भने ४६.१ प्रतिशतलाई पूर्णमात्रा खोप दिइएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.