शर्माले सर्वोत्कृष्ट प्रहरी घोषणाबाट आफूलाई आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको बताए ।
सुर्खेत। साउन महिनाको सर्वाेत्कृष्ट प्रहरी बन्न सफल भएका छन् कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रहरी नायव निरिक्षक नारायणप्रसाद शर्मा । नेपाल प्रहरीको विभागीय अनुसासनलाइ पालना गरी कर्तव्य पूरा गरेको भन्दै उनलाई साउन महिनाकै उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएका छन् । कार्यालय मातहतका जिल्लामा समेत अपराध नियन्त्रण, लागू औषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण शर्मा सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेका शर्मालाई उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै २०७८ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शर्माले सर्वोत्कृष्ट प्रहरी घोषणाबाट आफूलाई आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको बताए ।