थप ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा  ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् भने १४ जनाको  मृत्यु भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.