चलचित्र पत्रकार सुवेदीको निर्देशनमा ‘ठगराज’ बन्ने

काठमाडौं । चलचित्र पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा फिल्म ‘ठगराज’ बन्ने भएको छ । बुधवार उनले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालको मार्फत फिल्मको घोषणा गरेका हुन् । 

उनले डेढ दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिता समेत गर्दै आएका छन् । फिल्ममा उनको निर्देशनसँगै निर्माण पनि रहने छ । उनकै लेखन रहेको फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने बताइएको छ ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनको ब्यानरमा बन्न लागेको फिल्मका लागि कलाकार तथा अन्य टिमको बारेमा केही समयमा जानकारी गराइने निर्देशक सुवेदीले बताए । 

फिल्मको चैत्र अन्तिमबाट छायांकन सुरु गर्ने उनको योजना छ । ‘ठगराज’ सामाजिक कथा, कमेडी, प्रेम र सेन्टीमेन्टको एउटा प्याकेज रहेको उनले जानकारी दिए ।

यस अघि सुवेदीले एउटा साथी र लालजोडीलगायतका चलचित्रको निर्देशन गरिसकेका छन् । उनले केही चलचित्रहरुको कथा पनि लेखिसकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.