काठमाडौं । सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका ३ सारस्वर टोलमा आगलागी भएको छ। सो आगलागीबाट २ घर र ६ परालको कुन्यो जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
लाखौं रुपैयाँँको क्षति समेत भएको छ।सन्तोष कुमार साहको दुई घर र २ कुन्यो जलेर नष्ट भएको हो।यसैगरी अजय साह र सिताराम साहको परालको कुन्यो जलेर नष्ट भएको हो।
आगलागीबाट खाघान्न,लत्ताकपडा र काठ समानहरु जलेको छ।सो आगलागीबाट दुई लाखाको अनुमानित क्षति भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानीयहरुको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो भने शम्भुनाथ नगरपालिकाको वारुण यंत्र बोलाएको थियो।