एएफसी महिला एसियन कप फुटबलको छनौट खेलमा नेपाली टोलीले शनिबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ
काठमाडौँ एएफसी महिला एसियन कप फुटबलको छनौट खेलमा नेपाली टोलीले शनिबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह एफ मा रहेको नेपाली टोलीले उज्वेकिस्तानबाट छनौट यात्रा सुरु गर्न लागेको हो ।
नेपाली टोलीले सन् २०१९ यता पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेल खेल्न लागेको हो । तर नेपाली टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भने चोटका कारण टिममा छैनन् ।
आउँदो वर्ष भारतमा हुने एसियन कपमा छनौट हुने लक्षसहित नेपाली टोलीले फिलिपिन्स र हङकङसँग खेल्न लागेको हो । समूहको शीर्ष स्थानमा रहने टोली एसियन कपका लागि छनौट हुने छन् ।