जनकपुर । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म करिब ३५ किलोमिटर रेल सेवा संचालन हुने भएको छ ।
२०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरेर राखिएको थियो ।
तर अबको केहि समयमा सो रेल सेवा संचालनमा आउने धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताए ।
रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसेकेपछि स्थानीयवासीमा निरासा छाएको थियो । तर अब रेल सेवा केहि दिनमा नै संचालनमा आउने भएपछि उनीहरुको मुहारमा खुसियाली छाएको छ ।
रेल संचालनमा आएपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म सामान्य सिटमा ७० र एसी सिटमा रु ३०० भाडा निर्धारण गरिने भएको छ । उक्त रेल सेवा नेपालका प्रधान मन्त्री शेरबहादुर देउवा र भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।