काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले बुधवार काठमाडौमा आयोजना गरेकोे स्थानीय तहको चुनावका विषयमा संवैधानिक राजनितिक र वर्तमान राजनैतिकको वारेमा बोल्दै यस्तो बताएका हुन । सतामा रहेका मुख्य नेताहरुले एमसीसीलाई भुः राजनैतिक बनाएको उनले बताएका हुन् ।
उनका अनुसार एमसीसी एउटा विकास परियोजवना मात्र हो । एमसीसीलाई संसदमा ल्याएर स्वविवेकले निर्णप गर्न दिनुपर्ने धारणा उनले व्यक्त गरे । यो एमसीसी एउटा परियोजना भएकाले स्वइच्छाले छनोट गर्नुपर्छ । तर द्वोन्द निम्त्याउने खालकोचाहीँ हुनहुन्न ज्ञवालीले भने ।