काठमाडौंं । सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनी जीएमआर (ग्रान्धी मालिकार्जुन राव) लाई नै थप समय दिने भएको छ ।
३ वर्षदेखि अन्योलमा परेको कर्णाली जलविधुत आयोजनाको वितीय व्यावस्थापन गर्न केहि सर्त सहित म्याद थप गरिएको हो ।
९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण अनुमति पाएको भारतीय कम्पनी जीएमआरलाई म्यादको विषयमा स्पष्ट धारणा बनाएर म्याद थप गर्ने निचोडमा गठित उच्चस्तरीय समिति पुगेको छ ।
माथिल्लो कर्णालीमा जीएमआरसँगको सम्झौताको विषयमा सुझाव पेस गर्न असोज २३ मा लगानी बोर्डले उच्चस्तरीय समिति गठन गरेको थियो।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनासँग जीएमआर सन् २००८ देखि नै संलग्न छ। सन् २०१४ सेप्टेम्बरमा बोर्ड र जीएमआरबीच दुई वर्षभित्र वित्तीय व्यवस्थापन परियोजना विकास सम्झौता (पीडीए) गरिएको थियो।