सुनसरी । सुनसरीमा ना ६ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्वरको बस आपसमा ठोक्किएर ४ जनाको मृत्यु भएको छ।
सुनसरीको लौकही स्थित खुनिया पुल नीर दुर्घटना भएको हो । बस र ट्रक ठोक्किएर ४ जनाको ज्यान गएको हो ।
ट्रक र बस ठोक्किदाँ बसमा आगलागी भएको छ । थप विवरण आउन बाँकी रहेको स्थानीय पत्रकार अजमल अन्सारीले बताएका छन् ।