मोरङ हत्याकाण्डमा  थप २ जना आरोपी पक्राउ 

काठमाडौं । मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले  पुःन थप २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शनीवार २ जनालई पक्राउ गरेको बताएको हो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ का ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ का १८ वर्षीय मोहमद हकिम रहेको प्रहरीले बताएको छ  । सुभाम र हकिमलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

यसअघि  पनि सोहि  हत्यामा आरोपित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको सार्वजनिक  भएको छ ।

 पक्राउ पर्नेमा सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल ,मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित  र साहर मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम पक्राउ परेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.