माधव नेपालले सरकारमा पठाएको हो : मुख्यमन्त्री शाक्य

काठमाडौं । माधव नेपालले आफूलाई सरकारको नेतृत्व गर्न पठाएको नेकपा एमालेकी उपाध्यक्ष एवम वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको भनाई छ ।

नेकपा एमालेको आन्दोलनलाई सार्थक तुल्याउन माधव नेपालको उच्च योगदान रहेको उनी बताउँछिन् । महोत्तरीमा आयोजित पाटी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिले अल्पमतमा रहेपनि पार्टीले छिट्टै बिश्वासको मत लिने उनले बताइन् ।

साथै उनले नेपाललाई संस्थापन पक्षमा फर्किन आग्रह गरेको बताइन् । “मैले माधव कमरेडलाई पटक पटक नेकपा एमालेमा फर्किन आग्रह गरेको छु ।” उनले भनिन्, “तर उहाँले आफ्नै पार्टी दर्ता गरिसक्नुभयो ।” साथै नेपालले नयाँ पाटी खोलेर एमाले कमजोर भएको उनको बुझाई छ ।

उनले वाग्मती सरकारको आयु लामो नभएपनि बाँकी रहेको समयमा जनताको पक्षमा काम गर्ने प्रतिवद्दता व्यक्त गरिन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.