काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा विश्व सम्मेलन फागुन १६ गतेभित्रै आयोजनागर्ने अध्यक्ष कुमार पन्तले बताएका छन् ।
डीबी क्षेत्री प्रवक्ताका अनुसार उक्त मितिभित्रै चुनाव गर्ने र विवाद समाधानका लागि गठित समितिले निकास दिने आश्वासन दिएका हुन् ।
अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवाद समाधानको सम्बन्धमा गठित समितिले आफ्नो निर्णय आज (शनीवार ) दिने तालिका थियो । तर एनआरएनएका संयोजक शेष घलेलाई कोरोना संक्रमण भएपछि सो कार्यक्रम हुन नसकेको हो । जसका लागि केहि समय पछिका लागि चुनाव पछाडि धकेलिएको छ ।
शनीवार घले नेतृत्वको सात सदस्यीय समितिले निर्णय प्रस्तुत गर्ने योजना रहेको थिए तर यो पनि कोरोनाका कारण स्थगित बन्न पुगेको हो । यो पटक मात्र नभएर गैरआवशिय एनआरएनएको चुनाव पटक– पटक पछि धकेलिदैँ आएको छ ।