काठमाडौं । नेपाली बजारमा बियरको पारखीहरु दिनानुदिन बढिरहेका छन् । यूवायूवतीहरु बियर मोहप्रति आकर्षित हुन थालेका छन् । बेला बेलामा नेपाली बजारमा पाइने बियरमा अखाद्य वस्तु भेटिएको सभाचार बाहिरिने गरेको छ । तर पनि बियरको खपत बढि नै रहेको छ ।
समय समयमा बजार अनुगमन नहुदाँ र गल्ति भेटिदाँ कार्वाही नभएका कारण पनि यस्तो समस्या दोहोरि रहन्छ । बजारमा राम्रो ब्राण्ड स्थापित गर्न सफल गोर्खा ब्रुअरीको गोर्खा स्ट्रङ बियरमा अखाद्य वस्तु भेटिएको तथ्य बाहिर आएको छ ।
बजारमा उपलब्ध गोर्खा बियरमै प्लाष्टिकको लेपनहरु भेटिएको वारे आज रिपोटर्स क्लवमा एउटा मिडिया समूहले जानकारी गराएको छ । त्यति मात्र हैन, गोर्खा बियर बनाउँदा नै जनताको स्वास्थ्यमाथी खेलबाड गरेको पाइएको छ ।
बियरमा जौको मात्रा ५० प्रतिशत राख्नुपर्नेमा गोरखा ब्रअुरीले कनिका राखेर बियर बनाउने गरेको पाइएको छ । उक्त मिडियाले गरेको पत्रकार सम्मेलनमा बियरमा प्लाष्टिक भेटिएको भिडियो समेत सार्वजनिक गरेको छ । कार्यक्रममा गोरखा ब्रुअरीकोविरुद्धमा उक्त मिडियाले विज्ञप्ति समेत जारी गरेको छ । सम्बन्धित निकायले कार्वाही प्रक्रिया अघि नसारे अदालतसम्म जाने बताइएको छ ।
नेपालमा वर्षेनि बियरको बजार हिस्सा २० देखि ३० प्रतिशत बढ्दै गएको छ । सरकारको गतिलो राजश्व आम्दानी गर्ने क्षेत्र पनि मदिराजन्य क्षेत्र हो । प्रत्येक आर्थिक वर्षमा सरकारले यो क्षेत्रबाट ७५ अर्ब राजश्व बढि राजश्व उठाउने गरेको छ ।
यस कारण पनि सरकारले यतातर्फ अनुगमन र कार्वाहीलाई त्यति महत्व दिइएको पाइदैन । गोरखा ब्रुअरीले ५६ प्रतिशत बजार हिस्सा ओगटेको छ । ८१ देखि ९० लाख कार्टुन बियर उत्पादन गर्ने गोरखा ब्रुअरीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै अखाद्य वस्तुको प्रयोग गर्दै बनाएको बियर बर्षैदेखि बजारमा वितरण गर्दै आएको छ ।
गोरखा ब्रुअरीले आयकर र मूल्य अभिवृद्धिसमेत छली गरेको उक्त मिडियाले दावी गरेको छ। सो वारेमा कम्पनीलाई जानकारी गराउँदा उल्टो आर्थिक प्रलोभन देखाएको पनि मिडियाले आरोप लागएको छ ।
विज्ञप्ति र भिडियो :


