चितवन । चितवनको राप्तिस्थित हत्यामा संलग्न आरोपीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानियबिच झडप भएको छ । झडपमा ५ प्रहरीसहित २ जना स्थानिय घाइते भएका छन् ।
राप्ती नगरपालिका ९ शितलपानीका ५९ वर्षिय कान्छा लामाको हत्यामा गरेको गरेको आरोपमा ५० वर्षिय छिमेकी दशरथ मल्ललाई नियन्त्रणमा लिन खोज्दा झडप भएको चितवन प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राती बाटोमा हिँडिरहेको अवस्थामा मल्लले लामालाइ रड प्रहार गरी हत्या गरेको प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।
लामासँग पुरानो रिसिबी रहेको र हत्याको समय मल्लले मदिरा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ । मल्ललाइ नियन्त्रणम लिने क्रममा स्थानियले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेका थिए । झडपमा प्रहरी निरिक्षक रोशन खड्काको आँखामा चोट लागेको छ भने बाँकी ४ जना सामान्य घाइते भएका छन् ।
प्रहरीले अभियुक्त मल्ल र लामाको शवलाई नियन्त्रणमा लिई भरतपुर ल्याइएको छ ।