सुनको मूल्यमा स्थिरता

काठमाडौं ।  साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको
मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.