काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरेको विरोधमा युवा संघले सिंहदरबार नजिक कालो बेलुन उडाएको छ ।
निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।
निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि गणेश थापा, जयराम लामा,अजित लामालाई प्रहरीले पक्राउ गरेको छ ।



