शुक्रबार चीनबाट भेरोसेल खोप आयात गरेसँगै असोज ४ गतेबाट खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । काठमाडौंमा कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा यहि असोज ४ गतेबाट लगाउने भएको छ । शुक्रबार चीनबाट भेरोसेल खोप आयात गरेसँगै असोज ४ गतेबाट खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकामा एक सय ४५ खोप केन्द्रबाट दोस्रो मात्राको खोप प्रदान गर्ने जनाएको छ । खोप भने असोज ४ देखि ६ गतेसम्म लगाइने छ । जिल्ला कार्यालयका अनुसार काठमाडौं महानगरपालिकामा ३२, किर्तिपुरमा १०, नागार्जुनमा १०, चन्द्रागीरिमा १५, तारकेश्वरमा ११, दक्षिणकालीमा नौ,बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौरनौ खोप केन्द्र तोकिएका छन् ।
काठमाडौं महानगरपालिकामा भने नेपाल प्रहरी अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजि कर्मचारी असपताल, प्रसुति तथा स्त्रीरोग असपताल र वीरेन्द्र सैनिकबाट पनि खोप लगाउन सकिनेछ ।