सप्तरी । मधेस आन्दोलनको क्रममा २०७२ साल मंसिर ५ गते शनिवार राती जिल्लाको भारदह बजार स्थित बलिदान दिएका सहिद बिरेन्द्र रामको शालिक महादेवा गाउँपालिकाले ११ लाख लागतमा निर्माण गरेका छ्न्।
सहिद रामको पैत्रिक गाउँ साबिक डाढा गा.बि.स.वडा नम्बर ७ हाल महादेवा गाउँपालिका वडा नम्बर ४ स्थित सो सहिद पार्क गाउँपालिकाले निर्माण गरेको हो ।
वडा नम्बर ४ को वडा अध्यक्ष जुगेश्वर साह र प्रमुख प्रशासकीय अधिकृत राम लखन यादवले सो पार्क २०७६ साल फाल्गुन २५ गते स्थापना गरेका थिए ।




