प्रचण्ड र माधव नेपालका कारण अन्योलमा छ एमसीसी : रामचन्द्र पौडेल

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनका संयोजक एवंम नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जनतामा भ्रम  छेरेको आरोप लगाएका छन।


नेपाली कांग्रेस गण्डकी प्रदेशसमितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले प्रचण्ड रमाधव नेपालका कारण अहिले नेपालमा एमसीसी धरापमा परेको बताएका छन । उनले भने,‘ माधब नेपाल र प्रचण्डका कारण अहिले एमसीसी परियोजना अलमलमा परेको छ । 

 पोडेलका अनुसार यी दुई नेताहरुले जनतामा एमसीसी बारे नकरात्मक सुचना प्रसार गर्नाले एमसीसी अन्योलमा पर्न पुगेको हो । जनतामा एमसीसीबारे जनतामा विश्वासको कुरा दर्शाउनु पर्ने पौडेलले बताए ।  उनले भने,‘ मुलुको अर्थतन्त्र एकदमै धरापमा परेको छ ।

विदेशी ऋण लिएर बस्नु भन्दा एमसीसी समयमा नै  पास गरेर ऋणबाट उनमुक्ति हुनुपर्छ । ऋण तिर्न नसक्दा श्रीलङकाको हालत के भयो ? त्यसैले एमसीसी अनुदान लिनुपर्छ ।’
ृ 

्

© 2021 Quicknepal.com  |  All Rights Reserved.