राजविराज । जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य कल्पना चौधरी सहित निर्वाचित जनप्रतिनिधिले आज (आइतबार) नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।
उनीहरुले सप्तरीको कञ्चनपुर नगरपालिका-९ स्थित फुलवारी पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।
चौधरी संगै कञ्चनरुप नगरपालिका वडा नम्बर -७ मा जसपाबाट निर्वाचित वडा सदस्य निर्मला चौधरी, सप्तकोशी नगरपालिकामा जसपाबाट उपप्रमुख पदका प्रत्यासी उम्मेदवार रम्भा सरदार, सप्तकोशी नगर समिति सदस्यहरु बाबुराम चौधरी, नन्दलाल चौधरी लगायतका ३२ जना नेता, कार्यकर्ताले जसपा परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)कञ्चनरुप नगर समिति संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेल रहेका थिए । प्रमुख अतिथि रहेका प्याकुरेलले माला र अविर लगाएर चौधरीलाई पार्टीमा प्रवेश गराएका छन् ।