बलिउड अभिनेता आमिर खानको चलिचत्र ‘लाल सिंह चड्ढा’को सुटिङ सम्पन्न भएको छ
बलिउड अभिनेता आमिर खानको चलिचत्र ‘लाल सिंह चड्ढा’को सुटिङ सम्पन्न भएको छ। उक्त चलचित्र विभिन्न एक सय वटा लोकेशनमा सुटिङ गरिएको बताइएको छ।
हलिउड चलिचत्र ‘फरेस्ट गम्प’को अफिसियल रिमेक ‘लाल सिंह चड्ढा’ यही वर्षको क्रिसमसमा हुनेछ।चलचित्रमा आमिर खानका साथै करिना कपूर, मोना सिंह, नागा चैतन्य मुख्य भूमिकामा रहेका छन्।
चलचित्र एरिक रोथ र अतुल कुलकर्णीले लेखेका हुन् भने अद्वैत चन्दनले निर्देशन गरेका हुन्।