हुन्डाईको  देशभर ४० स्थानमा  चार्जिङ स्टेशन निर्माण

 काठमाडौंं । देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन निर्माण स्टेसन निर्माण गरेको छ ।

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरका ४० स्थानमा विद्युतीय सवारी  (इलेक्ट्रिक भेहिकल) चार्जिङ स्टेशन निर्माण गरेको हो  ।

 पछिल्लो समय बजारमा  विधुतीय  कारको माग बढेसँगै विधुतीय  सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर कम्पनी चार्जिङ स्टेशन निर्माण गरेको हो ।
 
चार्जिङ कम्पनीले देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आएको कम्पनीले जानकारी दिएको छ । सबै ठाउँमा चार्जिङ स्टेशन विस्ताका कामहरु अगाडि बढाएको पनि कम्पनीले बताएको छ ।

 हुन्डाईले पहिलो चरणमा  ४० स्थानामा  चार्जिङ स्टेशन निर्माण गरिसकेको र आगामी दिनहरुमा् नयाँ स्थानमा चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.