काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले एमसीसीबारे थप निर्णय केन्द्रीय कमिटी बैठक पछिमात्रै गर्ने भएको छ ।
हिँजो दिउँसो र आज विहान भएको माओवादीका मुख्य नेताहरुको छलफलले यस्तो धारणा बनाएको हो ।
छलफलमा पार्टीभित्रको एमसीसीबारेको रणनितिबारे आउँने केन्द्रीय कमिटीको बैठमा थप स्पष्ट पार्ने सहमती भएको छ ।
माघ २७ गतेदेखि माओवादीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा एमसीसीका वारेमा वहस हुने बताइएको छ ।
प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने भएको छ । केन्द्रीय कमिटीको बैठकपछि मात्र एमसीसीका वारेमा ठोस निर्णय निकाल्ने माओवादीका नेताहरुको भनाइ छ ।