हामीले एमालेमा विद्रोह गरेका हौँ: झाँक्री

एकीकृत समाजवादीकी नेतृ झाँक्रीले नेकपा आफूहरुले एमालेलाई फुटाउनुभन्दा पनि विद्रोह गरेको बताएकी छन् । शनिबार सिन्धुलीमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा झक्रीले सो बताएकी हुन् ।

‘जब युद्धबाट भागेका जर्नेल जर्नेलहरुलाई ल्याएर फेरि सिपाहीहरुले कमाण्डर भन्छ भने त्यो कमजोर सिपाही हो,’ उनले भनिन्, ‘तपाईं युद्धबाट भागेका, युद्ध अपराधी जस्ता मान्छेहरुलाई आज पनि नेता मान्न प्रतीक्षा गर्नुहुन्छ रु म चाहिँ मञ्जुर छैन । संकटको बेलामा पिठ्यूँ फर्काएर भाग्नेहरुलाई किमार्थ माफी गर्नुहुन्न ।’

सो क्रममा उनले माधव नेपाल समूहमा रहेर पनि, पार्टी निर्माणमा साथ नदिएका नेताहरुप्रति असन्तुष्टि जनाइन् । विचार समूहको हिसाबले आफूहरुलाई लामो समय कन्फ्युजनमा राख्ने, तिमीहरुसँगै छौं भन्नेहरुले नै अहिले हरियो घाँसमा बसेका हरियो साँपले झैं सबभन्दा धेरै डस्ने काम गरेको उनले बताइन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.