काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले गर्दा मंहगी बढेपछि विद्यार्थी, मजदुर, किसानलगायतका समुदायलाई मारपरेको भन्दै तत्काल निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन माग गरेको छ ।
उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको छ । नेपालमा पटक– पटक मुल्यवृद्धिका कारण यी वर्ग तथा समुदायलाई मार पर्न थालेपछि विद्यार्थी संघगठनले यस्तो माग राखेका हुने ।
आज विद्यार्थी संगठनले मन्त्री भुसाललाई बुझाएको पत्रमा यी नै विषयको मागका लागि ज्ञापन पत्र बुझाएको उल्लेख गरिएको छ ।