काठमाडौं।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्टबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्रमाथि आज बसेको बैठकमा भीम रावल लगायतका सांसदले तथा नेताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी) लाई केहि प्रश्नहरु सोधेका थिए ।
यस विषयमा समिति सभापति पवित्रा निरौला खरेलले पनि यो पत्र पठाउनु त्यती उचित नभएको बताएकी थिइन । यस विषयमा सबै नागरिक तथा जनतामा पनि यसको चासो भएकाले गर्दा आउँदो बैठकमा एउटा ऐजेन्डा नै बनाएर छलफल गर्नुपर्ने उनले बताइन ।