रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत सामाग्री

एक सय ४५ परिवारलाई अस्थायी बसोबासका लागि ठूलो, मझौला र साना टेन्टलगायतका सामाग्री करिब ४२ लाख बराबरको वितरण गरिएको गरिएको हो । ।

भैरहवा । भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका-५ का पीडितलाई राहत वितरण गरिएको हो ।

नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा आएको विपदको बेला सहयोग गर्दै आएको बताइन् । राहत सामाग्री नेपाल ल्याउन नेपाल सरकारले कर निःशुल्क गरिदिएकाले वितरण गर्न सजिलो भएको भन्दै उनले अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिइन् ।

एक सय ४५ परिवारलाई अस्थायी बसोबासका लागि ठूलो, मझौला र साना टेन्टलगायतका सामाग्री करिब ४२ लाख बराबरको वितरण गरिएको गरिएको हो । ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.