कलाकारिताको माध्यमबाट दर्शक हँसाउने धुर्मुससुन्तली उर्फ (सीताराम कट्टेल र कुञ्जना घिमिरे )समस्यामा परेका छन् ।
काठमाडौँ । कलाकारिताको माध्यमबाट दर्शक हँसाउने धुर्मुससुन्तली उर्फ (सीताराम कट्टेल र कुञ्जना घिमिरे )समस्यामा परेका छन् । उनीहरूले थालेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र परेपछि उनीहरूलाई समस्या परेको हो । ३५ प्रतिशत काम सकिएको उक्त प्रोजेक्ट आर्थिक अभावमा रोकिएको धुर्मुससुन्तली फाउन्डेसनले जनाएको छ ।जनस्तरबाट आर्थिक सङ्कलन गरेर काम सुरु गरेकोमा सङ्कलित रकमले मात्रै नपुग्ने साथै सरकारको सहयोग नभएको भन्दै साउनबाट काम भएको छैन । यसअघि यही फाउन्डेसनमार्फत मुसहर बस्ती निर्माण भएको थियो । आर्थिक अभावका बीच उक्त समय धुर्मुस(सुन्तली रुँदै मिडियामा समेत आए, घर बेचेर भए पनि प्रोजेक्ट पूरा गर्ने बताए । अन्ततः सहयोग जुट्यो र बस्ती तयार भयो । यद्यपि वस्ती सम्पन्न भयो ।
तर, अहिलेको प्रोजेक्ट त्यति सहज छैन । घर बेचेर पनि काम पूरा हुने छैन । वास्तवमा यो प्रोजेक्टको जगमै जाने हो भने पनि अन्तर्राष्ट्रिय स्तरको स्टेडियम पैसा उठाएर बनाउँछु भनेर सोच्नु नै गलत हो । त्यस्तै, सर्वसाधारणबाट रकम उठाएर बनाएको प्रोजेक्ट बनेर तयार भएपछि स्थानीय सरकारको नाममा हस्तान्तरण हुने बताइएको छ । बिनालगानी नै तयार प्रोजेक्ट पाइन्छ भने सरकारले नाइँ भन्ने विषय रहेन ।यति मात्रै नभएर यहीबीचमा धुर्मुस(सुन्तलीले २ वटा चलचित्र निर्माण गरे ९भलै चलचित्र निर्मातामा उनीहरूको नाम छैन ० । उनीहरूको विरोध गर्ने व्यक्तिहरूको विषयमा सञ्चारमाध्यममा आएर बोल्दा पहिलाझैँ आँसु बिकाए भने कहिले रुखो स्वर गरेर कुरा मोडे । विवाद नै विवादले घेरिएको यो प्रोजेक्ट चल्दै थियो । चल्दै गर्दा प्रचण्ड पुत्री रेणु दाहालको पूर्ण साथ पनि थियो ।
तर अहिले त्यो अवस्थासमेत रहेन रेणु स्वयम्ले समेत ‘बनाउन नसके हामी बनाउँछौ’ भन्दै छिन् । यस्तोमा पुनस् धुर्मुस सञ्चारमाध्यममा पुगेर गुनासो गर्न थालेका छन् । तर, अचम्म प्रोजेक्ट अघि बढाउन सक्दैनौ भन्दै गर्दा पनि अझै सहयोग रकम उठाउने क्रम भने रोकिएको छैन ।कलाकारितामा यी दुईले एक प्रकारका दर्शकमाझ आफ्नो छाप छोडेका थिए । सानो लगानीको मुसहर बस्ती सफल पनि भयो । तर आफ्नो जानकारी नभएको त्यो पनि त्यति ठूलो प्रोजेक्टमा हात हाल्नु नै पो गलत थियो की ?