काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट आएसँगै प्रदर्शन स्थगीत भएको फिल्म चपली हाईट ३ पुनः रिलिज हुने भएको छ । सरकारले कोरोनाको संक्रमण दर घट्दै गएपछि फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने निर्णय गरे पश्चात हलहरु पुनः संचलान हुन लागेको हो ।
हलहरु पुन संचालन हुने भएपछि रिलिज हुँदै गरेको फिल्महरु स्थगीत भएको कारण सोही फिल्महरु पुन रिलिज हुने तयारी भएको हो । फिल्म चपली हाईट ३ का निर्माता अर्जुन कुमारले एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ बाट फिल्म पुनः रिलिज हुने जानकारी दिएका छन् ।
चपली हाईट ३ पुस २७ गते रिलिज भएको थियो । रिलिजको तेश्रो दिनमा स्मार्ट लकडाउन शुरु भएपछि फिल्मको रिलिज स्थगीत भएको थियो । यस्तै फिल्म हलहरुले रिलिज कै क्रममा राकेको फिल्महरु नै शुरुमा रिलिज गर्ने तयारी समेत गरेको छ ।
निकेश खड्काको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।